सूर्यबिनायकमा 'मेयर कप अन्तर क्लब फुटसल' प्रतियोगिता हुने, क्लबहरुलाई दर्ता हुन आग्रह

सूर्यबिनायकमा 'मेयर कप अन्तर क्लब फुटसल' प्रतियोगिता हुने, क्लबहरुलाई दर्ता हुन आग्रह

शनिवार, भाद्र २१ २०८२
शनिवार, भाद्र २१ २०८२
  • सूर्यबिनायकमा 'मेयर कप अन्तर क्लब फुटसल' प्रतियोगिता हुने, क्लबहरुलाई दर्ता हुन आग्रह

    भक्तपुर- भक्तपुरको सूर्यबिनायक नगर खेलकुद विकास समितिले नगरपालिकास्तरिय मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।

    समितिका अनुसार प्रतियोगिता असोज २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुनेछ।

    प्रतियोगितामा सहभागी हुन चाहने क्लबहरुले अनिवार्य रूपमा भदौ २२ देखि २९ गतेसम्म नगरपालिकाको कार्यालयमा दर्ता गर्नुपर्ने नगर खेलकुद विकास समितिले जनाएको छ। दर्ता समितिको सदस्य–सचिवको कार्यकक्ष, सूर्यबिनायक नगरपालिका, भक्तपुरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ। 

    यस्ता छन् नियम

    १. खेल १४ मिनेटको हुनेछ । जसमा ७७ मिनेटको दुई हाफ खेलाइनेछ ।
    २. खेलाडीको उमेर १६-४० वर्ष हुनुपर्नेछ ।
    ३. खेलाडीहरु सूर्यविनायक नगरपालिका भित्र स्थायी बसोबास भएको हुनुपर्नेछ। टिम दर्ता गर्दा खेलाडीको नागरिकता, बसाइ सराइ, जन्मदर्ता अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
    ४. कार्डको नियम
    क. रेडकार्ड पाउने खेलाडीले
    खेल मैदानबाट बाहिर बस्नु पर्नेछ ।
    ५. प्रतियोगिताको दौरानमा रेफ्री वा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
    ६. खेल बराबर भएमा पेनाल्टी मार्फत निर्णय गरिनेछ ।
    ७. कुनै पनि प्रतियोगिता तथा खेलाडी माथि दावी विरोधको निवेदन दिँदा कारण र प्रमाण सहित आयोजक /संचालक समक्ष पेश गर्नुपर्नेछ ।
    ८. प्रतियोगितामा टिम दर्ता गर्न कुनै शुल्क लाग्ने छैन ।
    ९. खेलाडीको संख्या ८ जना रहनेछ ।
    १०. प्रतियोगिताको दौरान घाउ चोटपटक भएमा आयोजकले सामान्य प्राथमिक उपचार मात्र गर्नेछ ।
    ११. कुनै पनि प्रतियोगिता तथा खेलाडी माथि दावी विरोधको लागि निर्णायक समक्ष निवेदन दर्ता गर्दा रु. १०००/- शुल्क लाग्नेछ। उक्त दावी सहि ठहरिएमा दर्ता शुल्क फिर्ता हुने तर दावी गलत ठहरिए दर्ता शुल्क नगरपालिका कोषमा जम्मा हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij