बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय प्रभावकारी बन्दै

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय प्रभावकारी बन्दै

बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय प्रभावकारी बन्दै

    भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापा मगरले आफ्नो कार्यकालपछि मात्र प्रदेशमा पनि स्वास्थ्य मन्त्रालयको प्रभावकारिता महसुस हुने अवस्था आएको दाबी गरेका छन् ।

    नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले एक वर्षभित्र धेरै प्रादेशिक अस्पतालमा सुधारका पहल तथा नयाँ सेवा विस्तार भएको उल्लेख गरे ।

    541220339_791259599983333_3328693227609614780_n.jpg

    उनका अनुसार अब दोलखा, रामेछाप, सिन्धुपाल्चोकलगायत जिल्लाका मृगौला रोगीले आफ्नो जिल्लामै डाइलाइसिस सेवा लिन सक्नेछन् ।

    कार्यक्रममा सहभागी बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले भने मन्त्रालयको अनुभव नयाँ भए पनि सकेसम्म उत्कृष्ट काम गर्ने र नराम्रो काम गरेर पछि फर्किनु नपर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्राकृतिक सम्पदा र संस्कृतिको संरक्षणमार्फत प्रदेशको पर्यटन विकासलाई मुख्य एजेन्डा बनाउने बताए ।

    नेपाल रेडक्रस भक्तपुर शाखाका सभापति पशुराम पाण्डेका अनुसार सो संस्था नेपालमा वि.सं. २०२० साल भदौ १९ गते स्थापना भएको हो भने भक्तपुरमा वि.सं. २०२५ साल फागुन ७ गते यसको शाखा सुरु भएको हो । “जहाँ दुःख, त्यहाँ रेडक्रस” भन्ने नारासहित सात मानवतावादी सिद्धान्तलाई आधार बनाएर भक्तपुर रेडक्रसले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा निःशुल्क रगत उपलब्ध गराउँदै आएको पाण्डेले बताए ।

    गत एक वर्षमा मात्र १,१३३ स्थानमा आयोजित रक्तदान कार्यक्रममार्फत २३ हजार २९२ जनाले रक्तदान गरेका छन् । तीमध्ये १८ हजार १४० जना पुरुष र ५ हजार १५२ जना महिला छन् । संकलित रगतको नमुना परीक्षण गर्दा १४ जनामा एचआईभी पोजिटिभ देखिएको रेडक्रस भक्तपुर शाखाका मन्त्री धर्मराज कार्कीले जानकारी दिए ।

    कार्कीका अनुसार संकलित रगत प्रयोग गर्नु अघि हरेकपटक गुणस्तर परीक्षण गरिन्छ, र यदि शंका लागेमा दुई पटकसम्म पुनः परीक्षण गर्ने गरिन्छ । समस्या भेटिएका व्यक्तिलाई परामर्शसहित थप परीक्षणका लागि टेकु अस्पताल पठाइने गरेको उनले बताए । संकलित रगतको करिब ९७.८७ प्रतिशत मात्र प्रयोगमा आएको छ । नजिकै चिस्यानसहितको भ्यान सञ्चालन गरेर रगतको गुणस्तर अझ सुरक्षित राख्ने तयारी भइरहेको पनि उनले बताए ।


    541263458_1441943200422951_696662177929074278_n (1).jpg
    स्थापना दिवसको अवसरमा बागमती प्रदेशका दुवै मन्त्री – स्वास्थ्य मन्त्री थापा मगर (पूर्व उपसभापति) र संस्कृति तथा पर्यटन मन्त्री श्रेष्ठ (आजीवन सदस्य) लाई शाखाले बधाई तथा सम्मान गर्यो । साथै, करिब १८ वर्षदेखि सुरक्षा गार्डका रूपमा सेवापूर्वक कार्य गरेर अवकाश पाएका तुल्सीभक्त सुवाल (माइला दाई) लाई समेत सम्मान गरिएको थियो ।

    541115903_1938012570073155_8943482531106635414_n (1).jpg

    541091093_731578786544946_8063294653924818160_n.jpg

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij