भक्तपुर । विश्व मृगौला दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइदै छ । प्रत्यक बर्ष मार्च महिनाको दोस्रो विहिवार मनाइने विश्व मृगौला दिवस यस बर्ष चैत्र १ गते विहिबार परेको छ । “मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने मुल नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, नेपाल सोसाइटी अफ नेफ्रोलोजी, नेपाल एशोसियसन अफ युरोलोजिक सर्जन्स, अंग प्रत्यारोपण समाज नेपालको आयोजनामा यो दिवस मनाइन लागेको हो ।
त्यसैगरी नेपाल ट्रान्सप्लान्ट सोसाइटी, स्वास्थ्य अभियान नेपाल, नेशनल किड्नी सेन्टर र काठमाण्डौ उपत्यका भित्रका अंग प्रत्यारोपण गर्ने अस्पताल र मस्तिष्क मृत्यु पश्चात अंग दान गराउने अस्पतालहरुको संयुक्त आयोजनामा कार्यक्रम हुन गइरहेको बताइएको छ । दिवसका अवसरमा आज बिहान रत्नपार्क, शान्ति बाटिकादेखि दशरथ रंगशालासम्म मृर्गौला पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ ।
त्यसैगरी दशरथ रंगशालामा प्रत्यारोपित÷अंगदाताको समूहसँग कलाकार, पत्रकार, समाजसेवी, चिकित्सक र कर्मचारी बीच मैत्रीपूर्ण फूटबल खेलको आयोजना गरिएको छ । खेल सहिएलगत्तै विश्व मृर्गौला दिवस सम्बन्धि औपचारिक कार्यक्रमको आयोजना गरिने मुल आयोजक कमिटिले जनाएको छ । कार्यक्रममा संरक्षकहरु डा.पुकार चन्द्र श्रेष्ठ, डा दिव्या सिंह र डा ऋषि काफ्ले लगायतको सहभागिता रहने बताइएको छ ।
आयोजक समितिका संयोजक डा कल्पना श्रेष्ठका अनुसार, अंग प्रत्यारोपण गरेका प्रत्यारोपित पनि अरु स्वस्थ्य व्यक्ति सरह जीवन यापन गर्न सक्षम छन् र उनीहरु पनि हरेक क्षेत्रमा सबल रुपमा कार्य गर्न सक्छन भन्ने जनचेतना जगाउने तथा अंगदान र अंग प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रत्येक वर्ष यो कार्यक्रमको आयोजना गरिदै आएको हो ।
विश्वभरका प्रत्येक १० जना मध्ये १ जनालाई मृगौला रोग लाग्ने गर्दछ । विश्वभरीनै मृगौला रोगी वढ्ने क्रममा रहेको अवस्थामा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायबारे सबैलाई सचेत गराउने उद्देश्यले मृगौला दिवशको आयोजना गर्ने गरिएको श्रेष्ठको भनाई छ ।