एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ सम्म

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ सम्म

बिहिवार, भाद्र ५ २०८२
बिहिवार, भाद्र ५ २०८२
  • एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ सम्म

    काठमाडौं  । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामि मंसिर १ गतेदेखि हुने भएको छ । एनपीएलले बिहीबार सामाजिक सञ्जालमार्फत् सो जानकारी दिएको हो । 

    मंसिर १ देखि २७  गतेसम्म २७ दिन चल्ने प्रतियोगिता आठ टिमको सहभागिता रहने भएको छ । एनपीएलका लागि खेलाडीको मिनी अक्सनसमेत सम्पन्न भइसकेको छ । एनपीएलको पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म भएको थियो । 

    एनपीएलको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्स्‌ले जितेको थियो । एनपीएलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, विराटनगर किङ्स र जनकपुर बोल्ट्स सहभागी हुनेछन् । 

    हरेक टोलीमा कम्तीमा चारदेखि छ विदेशी खेलाडी आबद्ध गर्न पाउने व्यवस्था छ । प्रतियोगिता किर्तिपुर र मुलपानीस्थित रंगशालामा हुने जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij