साफ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

साफ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • साफ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पराजित भएको छ । 

    भुटानको थिम्पुस्थित चाङिलमिथाङ रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ७–० गोलअन्तरले पराजित भएको हो । भारतले खेलको पहिलो हाफमा पाँच गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

    भारतको जितमा अविस्ता बस्नेत, निरा चानु लोङ्जम, अनुष्का कुमारीले समान दुई÷दुई गोल गरे भने जुलन नोन्गमाइथिमले एक गोल थपिन् ।

    डबल राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न चार टोलीले सहभागिता जनाएका छन् । जसमा आयोजक भुटानसहित नेपाल भारत र बङ्गलादेश छन् । अब नेपालले शुक्रबार भुटानसँग खेल्नेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij