काठमाडौं । टी–२० सिरिजको फाइनलमा नेपाल पीएनजीसँग ८७ रनले पराजित भएको छ । जितका लागि १७२ रनको लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्र बनाउन सकेको हो ।
नेपालका लागि सन्दिप जोराले सर्वाधिक १७ रन लिए । अन्य खेलाडीहरु आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको रन लिन सकेनन् ।