त्रियुगामा माछा मार्न गएका एकजना बेपत्ता

त्रियुगामा माछा मार्न गएका एकजना बेपत्ता

मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • त्रियुगामा माछा मार्न गएका एकजना बेपत्ता

    गाईघाट (उदयपुर) । यहाँको चौदण्डीगढी नगरपालिका–६ सातघरेका दिलबहादुर राई सोमबार त्रियुगा खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा गर्न गएका थिए । दिनको ३ बजेतिर खोलामा गएका राई बेपत्ता भएका हुन् ।

    बेपत्ता राईको खोजी गए रातिसम्म जारी रहेको र आज बिहानदेखि पुनः सुरु गरिएको सूचना अधिकारी दोङले बताए । बेपत्ता राईको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij