टप एण्ड टी–२० सिरिज : नेपालको लगातार तेस्रो हार

टप एण्ड टी–२० सिरिज : नेपालको लगातार तेस्रो हार

सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • टप एण्ड टी–२० सिरिज : नेपालको लगातार तेस्रो हार

    काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो।

    मेलबर्न स्टार्स एकेडेमीको दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ५३ रन बनाए। उनले तेस्रो विकेटको लागि कप्तान रोहित पौडेलसँग ८७ रनको साझेदारी गरेका थिए।

    टस जितेर ब्याटिङ गरेको मेलवर्नले निर्धारित २०  ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । थोमस रोजर्सले ६५ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । कप्तान क्याम्पबेल केलावे व्यक्तिगत २ रनमा पहिलो ओभरमै आउट भएपनि ब्लेक र थोमसले दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरे ।

    नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट, सोमपाल कामी र शाहब आलमले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रन र दोस्रो खेलमा बङ्गलादेश ए सँग ३२ रनले पराजित भएको थियो।  

    नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरी र दोस्रो खेलमा बंगलादेश ‘ए’सँग पराजित भएको थियो। नेपालले चौथो खेल होर्बट हुरिकेन्ससँग खेल्नेछ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij