अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा भृकुटीमण्डपका सचिन्द्रकुमारविरुद्ध मुद्दा

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा भृकुटीमण्डपका सचिन्द्रकुमारविरुद्ध मुद्दा

शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा भृकुटीमण्डपका सचिन्द्रकुमारविरुद्ध मुद्दा

    काठमाडौं । अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादव सरकारी सेवामा नियुक्त भएको २०६६ जेठ २४ देखि २०७९ साउन २९ गतेसम्मको परीक्षण गरेको थियो । 

    यादवले सो अवधिमा कुल रु दुई करोड ६८ लाख १८ हजार ९०० बराबरको वैध आयआर्जन गरेको देखिन्छ । सो अवधिमा यादवले रु तीन करोड ६५ लाख चार हजार ४५३ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले परीक्षण गर्दा रु ९६ लाख ८५ हजार ५५३ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएको छ । 

    पदीय हैसियत दुरुपयोग गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आयोगको आरोप छ । आयोगका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा राखेको समेत पाइएको छ । 

    आयोगले आरोपी यादव र उनका पत्नी आशाकुमारीलाई प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij