ताप्लेजुङ गोल्डकप : सेमिफाइनल आजदेखि

ताप्लेजुङ गोल्डकप : सेमिफाइनल आजदेखि

बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • ताप्लेजुङ गोल्डकप : सेमिफाइनल आजदेखि
    ताप्लेजुङ । तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकअन्तर्गत सेमिफाइनलका खेल आजदेखि हुँदैछन् ।  पहिलो खेल सुनसरीको द योङ ब्रदर्स क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच हुनेछ ।
     
    यही साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यसैगरी, ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० को जितसँगै सेमिफाइनलमा प्रवेश पाएको हो ।
     
    भोलि बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लब आमनेसामने हुनेछन् । सिराहाले मङ्गलबार भएको अन्तिम क्वार्टरफाइनलको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोलअन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो । झापाले पोखराको सहारा क्लबलाई २–१ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
     
    आठ टोली  सहभागी रहेको प्रतियोगिताको फाइनल खेल यही साउन ३१ गते हुनेछ । विजेताले नगद रु सात लाख दुई हजार ८२ तथा उपविजेताले रु तीन लाख ५० हजार ८२ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  लाखेजात्रा सञ्चालन समितिले प्रतियोगिताको आयोजना गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij