काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनीविरूद्ध पहिले बलिङ गर्ने भएको छ। हङकङको मिसन रोड ग्राउन्डमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।
नेपालले सिरिजको पहिलो खेलमा हङकङसँग अंक बाडेको थियो। त्यतिबेला ८ ओभरमा हङकङले ६५ रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल रद्द भएपछि नेपाल र हङकङले एक/एक अंक बाँढेका थिए।
दोस्रो खेलमा नेपालले पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल फाइनल पुगेको हो। पपुवा न्युगिनीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनल पुगेको थियो।
रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिममा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन्।