यू–२० महिला एशियन कप छनोट : नेपालले घरेलु टोली भूटानसँग खेल्दै

यू–२० महिला एशियन कप छनोट : नेपालले घरेलु टोली भूटानसँग खेल्दै

बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • यू–२० महिला एशियन कप छनोट : नेपालले घरेलु टोली भूटानसँग खेल्दै

    काठमाडौं । २० वर्षमुनिको महिला एशियन कप छनोट आजदेखि शुरू हुँदैछ । भूटानको थिम्पुमा आजदेखि शुरू हुन लागेको प्रतियोगिताको छनोटमा नेपाल समूह ‘ए’ मा छ ।

    नेपाल र भूटानबीचको खेल थिम्पुको चाङलिमियाङ मैदानमा बेलुका पौने ६ बजे शरू हुनेछ । यो समूहमा उत्तर कोरिया र साउदी अरब पनि छन् ।

    दोस्रो खेल नेपालले साउदी अरबसँग पर्सि शुक्रवार र उत्तर कोरियासँग आइतवार खेल्नेछ । समूह ‘ए’ को अर्को टोली मङ्गोलियाले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।

    ३२ देशको सहभागिता रहेको छनोटमा आठ समूह छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आउँदो वर्ष थाइल्यान्डमा हुने २० वर्षमुनिको एशिया कपमा स्थान बनाउने छन् ।

    नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले महिला एशियन कपमा नेपाल छनोट हुनेमा आफू ढुक्क रहेको बताएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij