अभौतिक मुद्राको कारोबारमा संलग्न पक्राउ

अभौतिक मुद्राको कारोबारमा संलग्न पक्राउ

सोमवार, श्रावण १९ २०८२
सोमवार, श्रावण १९ २०८२
  • अभौतिक मुद्राको कारोबारमा संलग्न पक्राउ

    काठमाडौ ।  अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ कौशलटार बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी घर भएका २१ वर्षीय सुसान्त दाहाललाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

    काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले दाहाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

    उनले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३८८ भन्दा बढी कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij