एनपीएल-२ को अक्सन साउन २४ मा, ४५८ खेलाडीद्वारा नाम दर्ता

एनपीएल-२ को अक्सन साउन २४ मा, ४५८ खेलाडीद्वारा नाम दर्ता

शनिवार, श्रावण १० २०८२
शनिवार, श्रावण १० २०८२
  • एनपीएल-२ को अक्सन साउन २४ मा, ४५८ खेलाडीद्वारा नाम दर्ता

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आउँदो साउन २४ गते हुने तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिँदै कुल ४५८ जना नेपाली खेलाडीले अक्सनमा सहभागी हुन नाम दर्ता गराइसकेको जनाएको छ ।

    दर्ता भएका खेलाडीहरूको विवरण आठवटै फ्रेन्चाइज टोलीलाई बुझाइनेछ । त्यसपछि प्राविधिक समितिले तय गरेका मापदण्ड र टोलीहरूले देखाएको चासोका आधारमा अन्तिम अक्सन सूची सार्वजनिक गरिने छ ।

    यसअघि सबै फ्रेन्चाइज टोलीहरूले आफ्ना रिटेन गरेका खेलाडीहरूको सूची सार्वजनिक गरिसकेका छन् । अब बाँकी खेलाडीहरू अक्सन प्रक्रियामार्फत विभिन्न टोलीमा चयन हुनेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij