सुनसरीमा १७ लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद

सुनसरीमा १७ लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद

बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • सुनसरीमा १७ लाख मूल्य बाराबरको भन्सार छलीको सामान बरामद
    धरान (सुनसरी) । सुनसरीमा भन्सार छली गरी ल्याइएको   लाखभन्दा बढी मुल्य बराबरको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।
     
    सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको विभिन्न गस्ती टोलीले तीन छुट्टाछुट्टै स्थानमा भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको रु १७ लाख ५० हजार ८०५ रुपैयाँ बराबरको लत्ताकपडा, जुत्ता, किराना सामग्री र चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
     
    आज बिहान सुनसरीको गढी गाउँपालिका–२, औरावनी, इनरुवा नगरपालिका–४ हनुमानचोकस्थित पूर्वपश्चिम लोकमार्ग, दुहबी नगरपालिका–११ नहरचोकलगायतका ठाउँमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले जाँचका क्रममा उक्त सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । 
     
    उक्त घटनामा संलग्न व्यक्ति प्रहरीलाई देखेपछि सामान र मोटरसाइकल छोडेर फरार भएका छन् । को.१९ प.९०९२ ग्ल्यामर, को ३ प १२० होन्डा साइन, प्रदेश १–०२–०३६ प ३६०८ आरटिआर अपाचे र प्रदेश.१–०२–०५४ प।६७८३आरटिआर अपाचेमोटरसाइकल बरामद गरिएको छ । 
     
    मोटरसाइकल र बरामद भन्सार छली सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij