करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु
    किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको आज करेन्ट लागेर मृत्यु भएको छ ।
     
    चिचिलागाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । 
     
    अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij