टी-२० विश्वकप एशिया छनोटमा नेपालको पहिलो खेल कुवेतसँग

टी-२० विश्वकप एशिया छनोटमा नेपालको पहिलो खेल कुवेतसँग

शनिवार, आषाढ २८ २०८२
शनिवार, आषाढ २८ २०८२
  • टी-२० विश्वकप एशिया छनोटमा नेपालको पहिलो खेल कुवेतसँग

    काठमाडौं । नेपालले टी-२० विश्व कपको एशियाली तथा पूर्वी एशिया प्यासेफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ । ओमानमा असोज २२ गते छनोट प्रतियोगिता शुरू हुनेछ । नेपालले पहिलो दिन कुवेतसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

    आज प्रकाशन भएकाे खेल तालिका अनुसार नेपालले दोस्रो खेलमा असोज २४ जापानसँग खेल्नेछ । सुपर सिक्सको शीर्ष तीनमा रहने राष्ट्रले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने विश्व कप खेल्नेछ ।

    नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउने तयारीमा छ । छनोटको तयारीका क्रममा नेपालले अस्ट्रेलिया भ्रमण तथा वेस्ट इण्डिजसँगको टी-२० आई सिरिज खेल्नेछ ।

    विश्वकप छनोटमा नेपाल, कुवेत र जापानसहित नाै राष्ट्रको सहभागिता रहने छ । सहभागी नाै राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा यूएई, मलेशिया र कतार रहँदा समूह ‘बी’ मा नेपाल, कुवेत र जापान रहेका छन् ।

    समूह ‘सी’ मा ओमान, पपुवा न्यूगिनी र समओ रहेका छन् । समूहको शीर्ष दुईमा सुपर सिक्समा पुग्नेछन् । अक्टोबर १२ देखि १७ सुपर सिक्स हुनेछ र त्यसको शीर्ष तीनमा पर्ने टोली विश्व कपमा पुग्नेछ ।

    भारत र श्रीलङ्कामा हुने टी-२०  विश्वकप २०२६ मा २० राष्ट्रको सहभागिता रहनेछ । हिजो युरोप क्षेत्रीय छनोटबाट इटली र नेदरल्याण्ड्स छनोट भएसँगै विश्वकप खेल्ने १५ देशको छनोट भइसकेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij