चालीस किलो गाँजासहित पाँच जना पक्राउ

चालीस किलो गाँजासहित पाँच जना पक्राउ

शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • चालीस किलो गाँजासहित पाँच जना पक्राउ

    काठमाडौँ । नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ,  काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन् । उनीहरूको साथबाट प्रहरीले रु एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ । उनीहरूले काठमाडौँ कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाई राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री वितरण गरेको प्रहरीको भनाइ छ ।

    चोरी तथा डाँका मुद्दामा संलग्न दुई जना पक्राउ 

    नेपाल प्रहरीले चोरी तथा डाँका मुद्दामा संलग्न दुई जनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।  

    प्रहरीका अनुसार २०८१ चैत २९ गते पोखराको अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाले घाँटीमा लगाएको दुई तोलाको सुनको सिक्री पोखरा महानगरपालिका–१० शिवचोकबाट उनीहरूले लुटपाट गरेका थिए । सो अभियोगमा काभ्रेपलाञ्चोक बेथानचोकका अञ्जन तामाङ र काठमाडौँ गोकर्णेश्वरका सुरेश तामाङलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौँ गोकर्णेश्वर–४ बाट पक्राउ गरी थप कारबाहीका लागि जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij