विपद् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

विपद् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

बुधवार, पौष २५ २०८०
बुधवार, पौष २५ २०८०
  • विपद् व्यवस्थापन कोषमा दुई अर्ब उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ । सरकारले विपद् व्यवस्थापन कोषमा  दुई अर्ब उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले ‘प्रधानमन्त्री दैवीप्रकोप सहायता कोष’ मा मौज्दात रकम मध्येबाट दुई अर्ब रुपैयाँ विपद कोषका लागि उपलब्ध गराउँने निर्णय गरेको हो ।

    परिषद् वैठकले राष्ट्रिय विकास परिषद्मा विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी÷व्यक्तिमध्येबाट २५ जना सदस्य मनोनयन गरेको छ । मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदको विवरण सच्च्याउने, नेपाल राजपत्रमा प्रकाशित हुन छुट सहिदको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिइन् । 

    मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बल, नेपालको श्रेणीविहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीविहीन प्रथमस्तर, द्वितीयस्तर, तृतीयस्तर, चतुर्थस्तर र पाँचौँस्तर पदको सुरु तलबमान, ग्रेड सङ्ख्या र ग्रेड दर स्वीकृत गर्ने निर्णय समेत गरेको छ । वैठकले पुस २७–२८ मा काठमाडौँमा हुने नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय अन्तरसरकारी उपसमितिको बैठकका लागि सहसचिवको नेतृत्वमा वार्ता टोली र कार्यसूची स्वीकृत गरेको छ ।
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij