श्रीलंकामाथि नेपालको फराकिलो जित, साम्बाको ह्याट्रिक

श्रीलंकामाथि नेपालको फराकिलो जित, साम्बाको ह्याट्रिक

बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • श्रीलंकामाथि नेपालको फराकिलो जित, साम्बाको ह्याट्रिक

    काठमाडौं । एएफसी महिला एशियन कप छनोटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।

    उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ८-० गोलले हरायो । नेपालकी कप्तान सावित्रा भण्डारी 'साम्बा' ले ह्याट्रिक गरिन् । यस्तै गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले १/१ गोल गरे ।

    यो जीतसँगै नेपाल २ खेलमा ६ अङ्कसहित समूह 'एफ' को शीर्ष स्थानमा उक्लिएको जोडेको छ । नेपालले पहिलो खेलमा लाओसलाई ९-० गोलले हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार आयाेजक उज्वेकिस्तानसँग खेल्नेछ ।

    महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् ।

    १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij