बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँकेमा साइबर अपराधका उजुरी बढे

बुधवार, आषाढ १८ २०८२
बुधवार, आषाढ १८ २०८२
  • बाँकेमा साइबर अपराधका उजुरी बढे

    नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएका पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्षको २०८१÷८२ मा तीन सय नौ साइबर अपराधसम्बन्धी उजुरी परेका छन् । 

    कार्यालयका अनुसार, उजुरीमध्ये सबैभन्दा बढी नेपालगञ्ज र कोहलपुरका छन् । दर्ता भएका उजुरीमध्ये दुई घटनाको मुद्दा दर्ता भएका छन् । दुवै घटना विद्युतीय अपराधसँग सम्बन्धित छन् । आव २०८०÷८१ मा दुई सय ७० उजुरी परेकामा एउटा घटनाको मात्र मुद्दा दर्ता भएको थियो । 

    आव २०७९÷८० मा एक सय छ, आव २०७८÷७९ मा ५८ उजुरी साइबर अपराधसम्बन्धी उजुरी परेका थिए । उजुरीका अनुसार, विदेशबाट पनि साइबर कानुन उल्लङ्घन गरेको पाइएको छ । साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालबाट हुने गरेको प्रहरीको भनाइ छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij