पर्सामा लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना अभियान

पर्सामा लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना अभियान

बिहिवार, आषाढ १२ २०८२
बिहिवार, आषाढ १२ २०८२
  • पर्सामा लागुऔषध दुव्र्यसनी विरुद्ध जनचेतना अभियान
    वीरगञ्ज (पर्सा) । खुला सिमानाका कारण लागुऔषध ओसारपसार तथा सेवन रोक्ने उद्देश्यले यहाँ तीन महिने चेतनामूलक अभियान आज समापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा जिल्लाभरी विभिन्न खालका जनचेतनामूलुक कार्यक्रम आयोजना गरिएका थिए । 
     
    पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तीन महिने लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणसम्बन्धी तीन महिने सचेतनामूलुक कार्यक्रमले केही हदसम्म भए पनि लागुऔषधसम्बन्धी जनचेतना र जागरण फैलाउनलाई सहयोग गरेको बताए ।‘‘यस्ता रचनामूलुक कार्यक्रम निरन्तर रुपमा भइराख्न जरुरी हुन्छ,’’ उनले भने,‘‘ यो सुरुआत मात्रै हो ।
     
    प्रत्येक वर्ष लागुऔषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणसम्बन्धी दिवस जुन २६ तारिखका दिन मनाउने गरिन्छ । सो अभियान गत चैत २७ गते पर्साका १४ वटै पालिकाका प्रमुख, उपप्रमुखको उपस्थितिमा सुरुवात गरिएको थियो । पर्सा प्रहरीको हिरासतमा रहेकामध्ये दुई तिहाई लागूऔषध दुव्र्यसनी कसुरका व्यक्ति हिरासतमा रहने गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij