बूढानीलकण्ठमा दुई जनाको शव भेटियाे

बूढानीलकण्ठमा दुई जनाको शव भेटियाे

आइतवार, आषाढ १ २०८२
आइतवार, आषाढ १ २०८२
  • बूढानीलकण्ठमा दुई जनाको शव भेटियाे

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा दुईजनाको शव फेला परेको छ ।

    बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउण्डभित्र रहेको साढे दुईतले घरभित्र पुरूष र महिला मृत भेटिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

    मृत भेटिनेमा धादिङ बैरेनीकी अन्जना पाख्रिन र एकजना भारतीय नागरिक परम नारायण गिल रहेका छन् ।

    अन्जना धादिङ गल्छी गाउँपालिका-६ घर भई हाल सोही घरमा काम गरी बस्ने गर्थिन्। यस्तै नारायणले घरको पहिलो तलामा रहेको एउटा कोठा भाडामा लिएका थिए।

    घटना शंकाकस्पद रहेकाे बताउँदै प्रहरीले अनुसन्धान थालेकाे छ । शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij