सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

शुक्रवार, जेठ २३ २०८२
शुक्रवार, जेठ २३ २०८२
  • सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

    राजबिराज । डाका समुहको आक्रमणमा परेर सप्तरीमा एक जनाको मृत्यु भएको छ । गएराती सुरुङगा नगरपालिका– ८ को एक घरमा डाका समूहले लुटपाट गर्ने क्रममा धारिलो हतियार र गोली प्रहार गरेर घरमुलीको हत्या गरेका हुन् ।  

    जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाका अनुसार, बिहीबार राति डाकाको एक समूहले  स्थानीय कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुट्ने क्रममा प्रतिकार गर्दा निजको हत्यासमेत गरेका हुन् । डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् । 

    घाईते चौधरीको लहानमा उपचार भइराखेको जनाइएको छ । डाका समुहले चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटेको जनाइएको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij