ग्याँस सिलिन्डर लिक भएर आगो लाग्दा दाजु बहिनीको मृत्यु

ग्याँस सिलिन्डर लिक भएर आगो लाग्दा दाजु बहिनीको मृत्यु

सोमवार, जेठ १२ २०८२
सोमवार, जेठ १२ २०८२
  • ग्याँस सिलिन्डर लिक भएर आगो लाग्दा दाजु बहिनीको मृत्यु

    काठमाडौं । कपिलवस्तुमा आगलागीमा परेर एकै घरका दाजु बहिनीको ज्यान गएको छ । खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भएर  आगलागी हुँदा जिल्लाको शुद्धोदन गाउँपालिकाको जयनगरमा १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको मृत्यु भएको हो । 

    सोनमको उपचारका क्रममा र शिवकुमारको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  कपिलवस्तुले  जनाएको छ । उनीहरू नेपाल राष्ट्रिय उच्च मावि मुडफुटवाका विद्यार्थी हुन्  ।आइतबार साँझ  ग्यास लिक भएर आगलागी हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    आगलागीबाट गम्भीर घाइते भएका उनीहरुलाई युनिभर्सल मेडिकल कलेज, भैरहवामा उपचारका लागि पठाइएको थियो। सोनमको भैरहवामै र शिवकुमारको भारतको गोरखपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोनम कक्षा १० मा अध्ययनरत थिइन् । उनको मृत्युपछि विद्यालयले आज शोक बिदा दिएको छ ।  घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij