काठमाडौं । सनराइजर्स हैदरावादसंगको हारसंगै लखनउ सुपर जायन्ट्स आईपीएलको प्लेअफ होडबाट बाहिरिएको छ । सोमबारराती सम्पन्न खेलमा हैदराबादसँग पराजित भएसँगै लखनउको प्लेअफ खेल्ने सम्भावना सकिएको हो ।
प्लेअफ होडबाट बाहिरिएको हैदराबादले लखनउलाई ६ विकेटले हरायो । लखनउले दिएको २०६ रनको लक्ष्य हैदराबादले १८।२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
हैदराबादका लागि ओपनर अभिषेक शर्माले २० बलमा ४ चौका र ६ छक्कासहित ५९ रन बनाए । हेनरिच क्लासेनले ४७, इशान किशनले ३५ तथा कामिन्दु मेन्डिसले अविजित ३२ रनको योगदान दिए ।
लखनउका लागि दिग्वेश राथीले २ तथा विलियम ओरोर्कले १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाएको थियो ।
लखनउका लागि ओपनरद्वय एइडेन मार्करम र मिचल मार्शले अर्धशतक बनाए । मार्शले ६५ तथा मार्करमले ६१ रन बनाए । निकोलस पूरनले ४५ रन थपे ।
जितसँगै आठौं स्थानको हैदराबादले १३ खेलमा चौथो जित निकाल्दै ९ अंक जोडेको छ भने १२ खेलमा १० अंक भएको लखनउ सातौं स्थानमा छ ।
यो खेल सकिदा आइपिएलको प्लेअफमा पुग्ने अन्तिम टोलिका लागि मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्समध्ये एक टोलीले प्लेअफमा स्थान बनाउन सक्ने सम्भावना रहेको छ । गुजरात, बैङलौर र पञ्जावले यसअघिनै प्लेअफमा स्थान बनाएका छन् ।