आईपीएलमा दिल्लीकाे पहिलो हार, मुम्बईकाे दोस्रो जित

आईपीएलमा दिल्लीकाे पहिलो हार, मुम्बईकाे दोस्रो जित

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • आईपीएलमा दिल्लीकाे पहिलो हार, मुम्बईकाे दोस्रो जित

    काठमाडौं । दिल्ली क्यापिटल्सले आईपीएल क्रिकेट २०२५ मा पहिलो हार बेहोरेको छ । आइतबार राती सम्पन्न  खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १२ रनले हराएकाे हाे । 

    मुम्बईले  दोस्रो जित निकाल्दा दिल्लीको अपराजित यात्रामा पुर्णविराम लागेको छ । मुम्बईले दिएको २०६ रनको लक्ष्य पछ्याएको दिल्लीले पहिलो बलमै विकेट गुमाएपनि करुणको शानदार ब्याटिङमा १० ओभरमै ११३ रन बनाएको थियो ।

    साझेदारी बनाइरहेका अभिषेक पोरेल ३३ रनमा आउट भए भने करुण पनि ८९ रनमा आउट भएपछि मुम्बईले खेलमा पुनरागमन गरेको थियो । अन्तिम २ ओभरमा २३ रन चाहिँदा बुमराहको १९औं ओभरमा दुई चौका हानेपनि पछिल्ला तीन बलमा लगातार रनआउट भएपछि दिल्ली १९३ रनमा समेटिएकाे थियो । 

    मुम्बईका लागि करण शर्माले ३ विकेट,  मिचेल सान्टनरले २ विकेट लिँदा दीपक चहर र जसप्रित बुमराहले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो । 

    मुम्बईका  तिलक वर्माले ५९ रन बनाए भने रायन रिकल्टनले ४१ तथा सुर्यकुमार यादवले ४० रन बनाए । नमन धिर ३८ रनमा अविजित रहे । 

    दिल्लीका विपराज निगम र कुलदीप यादवले २-२ विकेट लिँदा मुकेश कुमारले १ विकेट लिए । जितसँगै ६ खेलमा ४ अंक जोडेको मुम्बई अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ । 

    ५ खेल खेल्दा पहिलो हार बेहोरेको दिल्ली ८ अंकसहित दोस्रो स्थानमा झरेको  छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij