काठमाडौं । हङकङमा आयोजना हुने चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपालले आफ्नो टोली सार्वजनिक गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
घोषित टोलीमा नन्दन यादव, शाहव आलम र रिजन ढकालले स्थान बनाएका छन् । यसपटक सन्दीप लामिछाने, अनिलकुमार शाह र आरिफ शेख भने टोलीमा परेका छैनन् ।
नेपालले यो सिरिज अप्रिल ९ देखि १३ सम्म हङकङमा खेल्नेछ । सिरिजमा नेपालसँगै आयोजक हङकङ, कतार र कुवेत सहभागी हुनेछन् । नेपालले पहिलो खेल अप्रिल ९ मा कतारविरुद्ध, दोस्रो खेल अप्रिल १० मा कुवेतसँग र तेस्रो खेल अप्रिल १२ मा हङकङसँग खेल्ने तालिका छ । फाइनल खेल अप्रिल १३ मा हुनेछ ।
नेपाली टोलीमा समावेश खेलाडीहरू:
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसीर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शाहव आलम, नन्दन यादव, रिजन ढकाल र गुल्सन झा