साविक विजेता कोलकाताकाे दोस्रो जित, हैदरावाद ८० रनले पराजित

साविक विजेता कोलकाताकाे दोस्रो जित, हैदरावाद ८० रनले पराजित

शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • साविक विजेता कोलकाताकाे दोस्रो जित, हैदरावाद ८० रनले पराजित

    काठमाडौं । साविक विजेता कोलकाता नाइट राइडर्सले आईपीएलमा दोस्रो जित निकालेको छ । बिहीबारराती सम्पन्न खेलमा काेलकत्ताले सनराइजर्स हैदराबादलाई ८० रनले हराउँदै फराकिलो जित हात पारेको हाे । 

    कोलकाताले दिएको २०१ रनको लक्ष्य पछ्याएको हैदराबाद १६.४ ओभरमा १२० रनमा अलआउट भएकाे थियो । हैदराबादका लागि हेनरिच क्लासेनले सर्वाधिक ३३ रन बनाए । त्यस्तै कामिन्दु मेन्डिसले २७ रन जाेडे । नितिश कुमार रेड्डीले १९ रन बनाए । 

    कोलकाताका लागि वरुण चक्रवर्ती र वैभव अरोराले समान ३ विकेट लिए । आन्द्रे रसलले २ विकेट तथा सुनिल नरायन र हर्शित रानाले समान१ विकेट लिए । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो । काेलकाताका वेकंटेश अय्यरले सर्वाधिक ६० रन बनाएका थिए । त्यसैगरी अंगकृश रघुवंशीले ५० रन बनाए । 

    हैदराबादका मोहम्मद शामी, प्याट कमिन्स, जीशान अन्सारी, हर्शल पटेल र कामिन्दु मेन्डिसले १-१ विकेट लिए । जितसँगै ४ खेलमा ४ अंक जोडेको कोलकाता अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ । समान खेलबाट २ अंक मात्र जाेड्नसफल हैदराबाद १०औं स्थानमा झरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij