काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित निकालेको छ । शनिबारराती सम्पन्न खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । मुम्बईका सुर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए । तिलक वर्माले ३९ रन जाेडे ।
ओपनरद्वय रोहित शर्मा ८ तथा रायन रिकेल्टन ६ रनमै मोहम्मद सिराजको सिकार भएपछि सुर्यकुमार र तिलक मिलेर १० ओभरमा ८६-२ को अवस्थामा पुर्याएका थिए ।
त्यसपछि बलिङमा आएका प्रसिद्ध कृष्णाले शानदार बलिङगर्दै चार ओभरमा १८ रन मात्र दिएर २ विकेट लिए । त्यसैगरी सिराज र प्रसिद्धले पनि २-२ विकेट लिए भने साइ किशोर र कगिसो रबाडाले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १९६ रनको सम्मानजनक याेगफल खडा बनाएको थियो ।
गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ६३ रन, जस बटलरले ३९ तथा कप्तान शुभमन गिलले ३८ रनको योगदान दिए । शेरफान रदरफोर्डले १८ रन बनाए ।
बलिङतर्फ मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिँदा मुजीब उर रहमान, दीपक चहर, ट्रेन्ट बोल्ट र सत्यनारायण राजुले समान १-१ विकेट हात पारे ।
योसँगै २ खेलमा २ अंकसहित गुजरात अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
लगातार दुई खेलमा पराजित मुम्बई अंकविहीन रहँदै नवौं स्थानमा छ ।