आईपीएल क्रिकेट : हैदराबाद घरेलु मैदानमा लखनऊसँग पाँच विकेटले पराजित

आईपीएल क्रिकेट : हैदराबाद घरेलु मैदानमा लखनऊसँग पाँच विकेटले पराजित

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • आईपीएल क्रिकेट : हैदराबाद घरेलु मैदानमा लखनऊसँग पाँच विकेटले पराजित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद लखनाऊ सुपर जाइन्टसँग घरेलु मैदानमा पराजित भएको छ । उप्पलस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा बिहीबार राति भएको खेलमा हैदराबाद लखनऊसँग पाँच विकेटले पराजित भएको हो ।

    हैदराबादले दिएको १९१ रनको विशाल लक्ष्य लखनऊले पाँच विकेट गुमाएर २३ बल बाँकी छँदै १९३ रन बनाएर पूरा गर्यो ।

    लखनऊको जितमा दुई खेलाडीले अर्धशतक बनाए । निकोलस पुरनले ७० तथा मिचेल मार्शले ५२ रन जोडे ।

    शार्दुल ठाकुरले अविजित २२ र डेभिड वार्नरले १३ रन बनाएपछि लखनऊले लक्ष्य भेट्टायो । यस्तै कप्तान ऋषब पन्तले १५ रनको योगदान दिए ।

    हैदराबादका लागि प्याट कमिन्सले सर्वाधिक दुई विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १९० रन बनाएको थियो । उसका लागि ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए ।

    लखनऊका शार्दुल ठाकुरले सर्वाधिक चार विकेट लिए । उनी खेलका उत्कृष्ट खेलाडी घोषित भए ।

    यस जितसँगै लखनाऊ अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हैदराबाद छैटौं स्थानमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij