प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित

प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित

मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बने ललित

    काठमाडौँ । नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कपमा १०० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कपअन्तर्गत कर्णाली प्रदेशविरुद्ध ६ विकेट लिएसँगै ललितले १०० विकेट पूरा गरेका हुन् ।

    ललितले ४२ खेलमा १ हजार १३ रन खर्चिएर १०० विकेट पूरा गरेका हुन् । त्यस क्रममा ललितले ४५ मेडन ओभर बलिड गरे । जारी प्रधानमन्त्री कपमा मात्रै ललितले ८ खेल खेलेमा ३६ विकेट लिएका छन् । 

    पीएम कपमा सर्वाधिक विकेट लिनेको सूचीको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका शाहब आलम छन् । उनले ४८ खेलमा ९९ विकेट लिएका छन् । तेस्रो नम्बरमा रहेका शेर मल्लले ६९ विकेट लिएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij