वुमन्स डे कप : नेपाल नामिबियासँग २३ रनले पराजित

वुमन्स डे कप : नेपाल नामिबियासँग २३ रनले पराजित

बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • वुमन्स डे कप : नेपाल नामिबियासँग २३ रनले पराजित

    काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

    एन्टेबे क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो । नामिबियाले दिएको १२६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर खेल्दा ५ विकेट गुमाएर १०२ रन मात्र बनायो ।

    नेपालका लागि सना प्रवीनले ३७ बल खेल्दै सर्वाधिक ३१ रन बनाइन् । कविता जोशी १९ बलमा १७ तथा पुजा महतो १४ बलमा १५ र इन्दु बर्माले १५ बलमा १५ रन बनाए ।

    नामिबियाका लागि इभलिन केजरुकुवाले २ विकेट लिइन् । विल्का माटिले, साइमा तुहादेलेनी र मेकेलाए माटिलेले १–१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो ।  

    नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् । विल्का मातिलेले २० तथा अरास्ता डिगार्टले अविजित १६ रन बनाइन् ।

    नेपालका लागि ईश्वरी विष्टले ३ विकेट लिइन् । रचनाकुमारी चौधरीले २ विकेट लिइन् । रिया शर्मा र कप्तान इन्दु बर्माले १–१ विकेट लिए ।

    नेपाल पहिलो खेलमा नामिबियासँगै पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डलाई हराउँदा तेस्रो खेलमा हङकङसँग पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij