स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. काफ्ले

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. काफ्ले

मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. काफ्ले

    काठमाडौँ । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डा. काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

    कार्यकारी निर्देशक नियुक्त गर्न स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गरेको थियो। समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारहरूमध्ये तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। सिफारिस गरिएका नामहरूमा कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्ले परेका थिए।

    डा.रघुराज काफ्लेसँग करिब १२ वर्ष संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहभागितात्मक जिल्ला विकास कार्यक्रम तथा संयुक्त राष्ट्रसंघीय बालकोषको महिला तथा बालबालिकासम्बन्धी विकेन्द्रित कार्यक्रमलगायतका विकास साझेदारका परियोजनाहरूमा जिल्ला टोली नेताको रूपमा कार्य गरेको अनुभव छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij