च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

    काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । आइतबारराती सम्पन्न फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले स्तव्द बनाउँदै भारतले तेस्रो पटक उपाधि जितेको हो ।

    न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहित शर्माले आक्रामक सुरुवात गर्दै शुभमन गिलसँग मिलेर शतकीय साझेदारी गरेपछि भारतले जित दर्ता गर्न सफल भएको हो । 


    पहिलो विकेटका लागि रोहित र गिलले १०५ रनको साझेदारी गरेका थिए । रोहित ७६ रनमा आउट भए । श्रेयस अय्यरले ४८ रन बनाए भने केएल राहुल ३४ रनमा अविजित रहे ।

     न्युजिल्याण्डका माइकल ब्रेसवेल र मिचेल सान्टनरले समान दुुई तथा काइल जेमिसन र रचिन रविन्द्रले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले भारतसामू २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डारिल मिचेलले सर्वाधिक ६३ रन बनाए । माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे । रचिन रविन्द्रले ३७ र ग्लेन फिलिप्सले ३४ रन बनाए ।

    भारतका लागि वरुण चक्रवर्ती र कूलदीप यादवलेसमान दुुई  तथा मोहम्मद शामी र रविन्द्र जडेजाले समान एक विकेट लिए । भारतले यसअघि भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि जित्दा २०१३ मा उपाधि जितेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij