काठमाडौं । युगान्डामा जारी वुमन्स डे कप अन्तर्गत नेपालले आज आज घरेलु टोली युगान्डासँग खेल्दैछ। युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ।
हिजो नामिबियासँग ६ विकेटले पराजित नेपाल आज जितको खोजिमा हुनेछ। युगान्डाले भने पहिलो खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
सन् २०२२ मा युगान्डाले नेपाल भ्रमण गरेको थियो। सो सिरिज नेपालले दुई–एकले आफ्नो पक्षमा पारेको थियो। सिरिजमा आयोजक युगान्डासहित नेपाल, हङकङ र नामिबिया सहभागी छन्।
सहभागी टोलीले एक आपसमा दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबिच उपाधिका लागि भिडन्त हुनेछ।