अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपाल र म्यानमारको भिड्दै

अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपाल र म्यानमारको भिड्दै

आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१
  • अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपाल र म्यानमारको भिड्दै

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र म्यानमार भिड्ने भएका छन् । खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ।

     आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका छन्। आजको खेल फाइनल नभएपनि फाइनल भिडन्त जस्तै हुने अपेक्षा गरिएको छ। नेपालले कीर्गिस्तान र लेबनानलाई समान एक गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।म्यानमारले कीर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोलले हराएको थियो ।

    एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिताको उपाधि भिडन्त भने फागुन १४ गते हुनेछ। ओलम्पिक छनोटअन्तर्गत घरेलु मैदानमै भियतनामसँग खेलेको नेपाली टोली गत वर्ष साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपको उपविजेता बनेको थियो।

    नेपालले पहिलो पटक घरेलु मैदानमै तीन राष्ट्रलाई आमन्त्रण गरेर खेलिरहेको छ। हालसम्म अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न नसकेको नेपाल यस पटक त्यो खडेरी तोड्ने लक्ष्यमा हुनेछ। नेपाल १२ पटक अन्तर्राष्ट्रय प्रतियोगिताको फाइनलमा पुगे पनि उपाधि हात पार्न सकेको छैन।

    म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्नेमध्ये सबैभन्दा उच्च वरीयताको टोली र उपाधिको प्रबल दाबेदार हो। म्यानमार हाल फिफा महिला विश्व वरीयतामा ५५औं स्थानमा छ। म्यानमारले पाँच पटक एएफसी महिला एसियन कप खेलिसकेको छ । म्यानमारले अहिलेसम्म नेपालसँग हार बेहोरेको छैन।  

    नेपालले म्यानमारसँग अहिलेसम्म ३ खेल खेलेको छ। जसमा म्यानमारले २ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ। सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३–० तथा फाइनलमा ३–१ ले पराजित भएको थियो। त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १–१ को बराबरी खेलेको थियो। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij