काठमाडौं । चीनको नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल चीन युनान युवा फुटबल टोलीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा चीन युनान युवा फुटबल टोलीले नेपाली यु-२० युवा टोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको २१औं मिनेटमा यु मोङ्घायुईको गोलमार्फत चिनिया टोलीले अग्रता लिएको थियो । त्यस्तै ७८औं मिनेटमा वाङ्ग बिनहानले अग्रता दोब्बर बनाए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।
खेल अघि रंगशालामा समारोहमा ड्रायगन नाच, लायन्स नाच लगायतका चीनको सांस्कृतिक नाँच प्रस्तुत गरिएको थियो ।