महिला टी–२० सिरिज : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

महिला टी–२० सिरिज : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

बुधवार, माघ २३ २०८१
बुधवार, माघ २३ २०८१
  • महिला टी–२० सिरिज : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

    काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी–२० शृङ्खला अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपाल जारी सिरिजमा चार खेल खेल्दा चारैमा पराजित भएको छ । नेदरल्याण्ड्ससँगको खेल बुधबार दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

    उपाधि होडबाट बाहिरिएको नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ । पाहुना टोली नेदरल्याण्ड्स भने यसअघि दुई खेलमा नेपाललाई पराजित गरेकाले उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

    पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले पराजित भएको थियो । तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले पराजित नेपाल चौथो खेलमा मंगलबार थाइल्याण्डसँग मात्र पाँच रनले पराजित भएको थियो । उपाधिको गणितीय सम्भावना कायमै रहेको थाइल्याण्डसँगको खेल मंगलबार नेपालले गुमाएको हो ।

    प्रतियोगितामा अपराजित थाइल्याण्ड आठ अंकका साथ शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्सले चार अंक जोडेको छ । चार खेल खेलिसकेको नेपाल अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij