त्रिदेशीय महिला टी–२० शृङ्खला : आज नेपाल र थाइल्यान्ड खेल्दै

त्रिदेशीय महिला टी–२० शृङ्खला : आज नेपाल र थाइल्यान्ड खेल्दै

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • त्रिदेशीय महिला टी–२० शृङ्खला : आज नेपाल र थाइल्यान्ड खेल्दै

    काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ ।

    यसअघि हिजोको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हराएको थियो । योसँगै थाइल्यान्ड लगातार तेस्रो जीतसहित ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ ।

    नेपाल लगातार ३ वटा खेलमा हार बेहोर्दै पुछारमा छ । यसअघि नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले त्यसपछि थाइल्यान्डसँग २० रनले र अस्ति नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij