त्रिकोणात्मक टी–२० सिरिज : नेपालको लगातार दोस्रो हार

त्रिकोणात्मक टी–२० सिरिज : नेपालको लगातार दोस्रो हार

शनिवार, माघ १९ २०८१
शनिवार, माघ १९ २०८१
  • त्रिकोणात्मक टी–२० सिरिज : नेपालको लगातार दोस्रो हार

    काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो हार व्यहोर्नु परेको छ । आज (शनिबार) को दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । 

    नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेटायो । थाइल्याण्डकी नान्नापट कोन्चारेनकाईले नटआउट ६० रन बनाइन् । नेपालकी मनिषा उपाध्यायले २ विकेट लिइन् ।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनायो । नेपालका विन्दु रावल र कविता कुँवरले समान २५ रन बनाए । थाइल्यान्डकी थिपचा पुत्थावोङ्गले ३ विकेट लिइन् ।

    नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्याण्डको भने यो लगातार दोस्रो जीत हो । थाइल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८ विकेटले हराएको थियो । प्रतियोगितामा भोलि नेपाल र नेदरल्याण्ड्सबीच खेल हुनेछ । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij