काठमाडौं । नेपालले थाइल्याण्डलाई १०२ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले १०१ रन बनाएर थाइल्याण्डलाई जितका लागि १०२ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १ रन बनाएको हो ।
नेपालका लागि कबिता कुँवर र बिन्दु रावलले २५-२५ रन बनाएका थिए भने कप्तान इन्दु बर्माले १५ रन बनाएकी थिइन् । थाइल्याण्डका लागि बलर थिपाटचा पुथावोंगले ३ विकेट लिएकी थिइन् भने फनिता माया र नाताया बोचाथामले २-२ विकेट लिएका थिए ।
अब १०२ रनको लक्ष्य पाएको थाइल्याण्डले जवाफी ब्याटिंग गर्दै छ ।