वैदेशिक रोजगारीको प्रलोभन देखाएर १ करोड बढी ठगी गरेको अभियोगमा ४ जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १ करोड बढी ठगी गरेको अभियोगमा ४ जना पक्राउ

मंगलवार, माघ १५ २०८१
मंगलवार, माघ १५ २०८१
  • वैदेशिक रोजगारीको प्रलोभन देखाएर १ करोड बढी ठगी गरेको अभियोगमा ४ जना पक्राउ
    काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई  पक्राउ परेका छन ।
     
    सल्ल्यानको छत्रेश्वरी गाउँपालिका–६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका–७ घर भएका सुरेन्द्र विक र काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ ।  
     
    अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै रु २२ लाख ३८ हजार , दवाडीले जापान पठाइदिने भनेर  दुई जनाबाट रु तीन लाख,  विकले सुरेन्द्रले अमेरिका पठाइने वहानामा रु ९७ लाख ५४ हजार  र पौडेलले कुवेत पठाइदिन्छु भन्दै रु  एक लाख ६० हजार ठगेका थिए । अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । 
     
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij