त्रिकोणीय सिरिजका लागि नेपाली महिला क्रिकेट टोली घोषणा

त्रिकोणीय सिरिजका लागि नेपाली महिला क्रिकेट टोली घोषणा

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • त्रिकोणीय सिरिजका लागि नेपाली महिला क्रिकेट टोली घोषणा

    काठमाडौं । आगामी बिहीबारदेखि काठमाडौंमा सुरू हुने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई श्रृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

    टोलीमा यू-१९ महिला विश्‍वकप खेलेका दुई खेलाडी पनि परेका छन् । पूर्वकप्तान रुबिना क्षेत्री र सीता रानामगर तथा यू-१९ टोलीबाट पुजा महतो र अलिशा कुमारी यादव पनि टोलीमा समावेश छन् ।

    अन्य खेलाडीहरूमा बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्‍वरी विष्ट छन् ।

    जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपाली महिला टोलीको नेदरल्याण्ड्ससँग पहिलो अनुभव हुनेछ ।

    पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । त्यसैगरी नेदरल्याण्ड्स र थाइल्याण्डले ३१ जनवरीमा खेल्ने छन् भने फेब्रुअरी १ मा नेपाल र थाइल्याण्ड खेल्ने छन् । त्यसपछि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन् ।

    यस ऐतिहासिक सिरिजले महिला क्रिकेट खेलाडीहरूलाई थप प्रेरणा तथा उत्साह थप्नुका साथै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई थाइल्याण्ड र नेदरल्याण्ड्सका दुई टोलीसँग प्रतिष्पर्धा गर्दै थप अनुभव हासिल गर्ने अवसर समेत प्राप्त गर्ने विश्वास क्यानले लिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij