इन्डो नेपाल टी–२० एकेडेमी क्रिकेट प्रतियोगिता आजदेखि

इन्डो नेपाल टी–२० एकेडेमी क्रिकेट प्रतियोगिता आजदेखि

आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • इन्डो नेपाल टी–२० एकेडेमी क्रिकेट प्रतियोगिता आजदेखि

    काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको डीएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आजदेखि इन्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता शुरु हुँदैछ। माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छ टोलीको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

    प्रतियोगितामा १६ वर्षमुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन पाउने छन् । लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

    प्रतियोगितामा एक्सिलेन्ट क्रिकट सेन्टर, बोलपुर युथ टाउन, वेस्ट बङ्गाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोट्र्स एकेडेमीको सहभागिता रहनेछ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij