नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस

मंगलवार, माघ १ २०८१
मंगलवार, माघ १ २०८१
  • नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस

    काठमाडौँ । पाँच महिनापछि नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् ।  सोमबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । 

    बढुवा सूचीको पहिलो नम्बरमा यसअघि पनि पहिलो नम्बरमै रहेका रमेश थापा रहेका छन् । थापा प्रहरी निरिक्षकदेखिनै पहिलो नम्बरमा रहंदै बढुवा भएका प्रहरी अधिकृत हुन । सिफारिस सुचिको दोश्रो नम्बरमाअजय केसी र तेश्रो नम्वरमा अनुपम शम्शेर जवरा रहेका छन् ।

    त्यसपछि क्रमस बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनीसहित २५ जना एसएसपीमा बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

    police1

    police2

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij