बुहारीको हत्या गरेको आरोपमा सासु चार वर्षपछि पक्राउ

बुहारीको हत्या गरेको आरोपमा सासु चार वर्षपछि पक्राउ

सोमवार, पौष २९ २०८१
सोमवार, पौष २९ २०८१
  • बुहारीको हत्या गरेको आरोपमा सासु चार वर्षपछि पक्राउ

    काठमाडौं । आफ्नै बुहारीको हत्या गरेको आरोपमा सासु चार वर्षपछि रौतहटबाट पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गढीमाई नगरपालिका–२ समनपुर बस्ने ६२ वर्षीया सायरा खातुन छिन् ।

    पक्राउ परेकी खातुनले २०७७ जेठ ८ गते आफ्नै बुहारी २२ वर्षीया निसनारा खातुनको कुटपिट गरी मुखमा कपडा कोचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

    फरार रहेकी सायरालाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।

    पक्राउ परेकी सयरालाई अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij