वाफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज पाँच पटकको बिजेता जोर्डनसंग खेल्दै

वाफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज पाँच पटकको बिजेता जोर्डनसंग खेल्दै

बिहिवार, फाल्गुण १७ २०८०
बिहिवार, फाल्गुण १७ २०८०
  • वाफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज पाँच पटकको बिजेता जोर्डनसंग खेल्दै

    काठमाडौं । पश्चिम एशियाली फुटबल फेडेरेसन वाफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज पाँच पटकको बिजेता जोर्डनसंग खेल्दै छ । साउदी अरवको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राती ९ः ४५ बजे शुरु हुनेछ ।

    मंगलबार राति सम्पन्न सेमिफाइनलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । जोर्डन भने सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । तुलनात्मक रुपमा बलियो टिम जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औं स्थानमा रहेको छ ।

    जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन तथा सबैभन्दा बढी पाँच पटकको उपाधि बिजेता राष्ट्र हो । नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट खेल खेलेको छ । 

    यसैबीच नेपालकी प्रमुख खेलााडी सावित्रा भण्डारी साम्बाले वाफ च्याम्पियनसिपको फाइनलमा नखेल्ने भएकी छन् । अखिल नेपाल फुटबल संघ एन्फाका अनुुसार,  फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण सावित्राले फाइनल खेल गुुमाउँने भएकी हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij