वीरगञ्जमा आलु गोदामबाट भन्सार छलिका ७५ बोरा चामल बरामद

वीरगञ्जमा आलु गोदामबाट भन्सार छलिका ७५ बोरा चामल बरामद

मंगलवार, पौष २३ २०८१
मंगलवार, पौष २३ २०८१
  • वीरगञ्जमा आलु गोदामबाट भन्सार छलिका ७५ बोरा चामल बरामद

    काठमाडौं । वीरगञ्ज–६ मीनाबजारस्थित आलुको गोदाममा अवैधरुपमा भण्डारण गरि राखिएको ७५ बोरा भारतीय चामल प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा मंगलबार बिहान वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्वमा खटिएको टोलीले आलु गोदाममा छापा मारेर ७५ बोरा चामल बरामद गरेको हो ।

    मिना बजारस्थित आलु गोदाममा अवैध रुपमा भण्डारण गरिएको अवस्थामा विभिन्न ब्राण्डका ७५ बोरा  भारतीय चामल बरामद गरिएको जनाइएको छ । बरामद चामलको  बजार मूल्य २ लाख रुपैयाँ भन्दा बढी रहेको जनाइएको छ। बरामद चामल वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

    यसका साथै वीरगन्जका विभिन्न स्थानमा भारतबाट तस्करी गरि ल्याइएका कपडा,स्पेयर पाट्र्स, ड्राइफुड्स,जुत्ता गरी २५ लाख मूल्यको अरु सामान पनि बरामद गरी मंगलबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij