काठमाडौं । सावित्रा भण्डारी (साम्बा) ले वुमेन्स च्याम्पिनयसिप फाइनल नखेल्ने भएकी छिन् । साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल नखेल्ने एन्फाले जनाएको हो ।
नेपालले सेमिफाइनलमा लेबनानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो र बिहीबार हुने उपाधि भिडन्तमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डनको सामना गर्दैछ । तर त्यही खेलका लागि सावित्रा भने उपलब्ध हुने छैनन् । उनी फ्रान्सको अन आभान्टा ग्वेनगाम्पबाट खेल्नका लागि पेरिस जानेछिन् ।